समाचारबुधबार, जेठ २८, २०७१
चितवनका बालगृहबाट बालबालिकाको उद्धार
चितवन प्रशासन र जिल्ला बालकल्याण समितिले गरेको अनुगमनमा बिनादर्ता र मापदण्डविपरीत बालगृह सञ्चालन गरेको पाइएपछि त्यस्ता बालगृहका चार बालिका र दुई बालकलाई उद्धार गरी रत्ननगरस्थित सहारा घर, रामजानकी बालिका आश्रम देवघाट, मुक्ति बालगृह र पहिलो प्रेम मेघौलीमा पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिएका छन् ।
मापदण्ड पूरा गर्न र दर्ता गर्न दिएको समयसीमामा कुनै काम नगरेपछि हस्तक्षेप गरिएको हो । दुई वर्षअघि पनि चितवनको प्रभातकिरण सेवा समाजमा रहेको बालबालिकालाई समेत उद्धार गरी सुविधायुक्त बालगृहमा पठाइएको थियो ।
जिल्लामा अझै दर्जनौ बालगृह मापदण्डविपरीत रहेको पाइएको छ । चितवनमा करिब तीन दर्जन बालगृहमा एक हजारभन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ ।
