थप समाचारबुधबार, जेठ २८, २०७१
हवाई इन्धन चोरी गर्ने तीनजना पक्राउ
सशस्त्र प्रहरी मध्यक्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना२ख ४५४९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन १५० लिटर, डिजल २० लिटर र मट्टितेल १० लिटर सहित चोरी गरिरहेकाहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताए ।
पक्राउ पर्नेमा रामपुर टोकनी–९ का रफिक अन्सारी, ट्याङ्कर चालक हेटौंडा–५ का शम्भु ठकुरी र सहचालक सजन ठकुरी छन् ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको विशेष सक्रियतामा सशस्त्र प्रहरी वाहिनी पथलैया, इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनीहरु पक्राउ परेका हुन् ।
