समाचारबिहीबार, जेठ २९, २०७१

एसएलसी रिजल्ट ३० जेठमा सार्वजनिक हुँदै

हिमालखबर

परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम अवस्थामा पुगेको र ३० जेठमा प्रकाशन गरिनेछ।

“परीक्षार्थीले पाएको अंक विश्लेषण भइरहेको छ,” परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, “शुक्रबारसम्ममा सार्वजनिक गर्नेगरी काम गरेका छौं। निश्चितचाहिँ भइसकेको छैन।”

गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना छन्।

एसएलसीको नतिजा टेलिकमबाट पनि

नेपाल टेलिकमले आफ्ना सेवामार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीलाई उपलब्ध गराउने भएको छ ।

यसवर्षको एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर पनि प्राप्त गर्न सकिनेछ ।
मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट slc.ntc.net.np मार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>