थप समाचारबिहीबार, जेठ २९, २०७१

नौ किलो चरेससहित दुई पक्राउ

हिमालखबर

प्रहरीले २८ जेठमा घोराही नगरपालिका–११ भरतपुरका झुपाल केसीको घरबाट ९ किलो चरेससहित दुर्गाबहादुर केसी र ललित वलीलाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक शरदकुमार खत्रीका अनुसार केसी र वलीसहित पाँच जना युवाहरुले घोराही–१० की देवसरा रोका र ऋतु केसी बाँठाको गहना चोरी भागेको अभियोगमा खानतलासी गर्दा उक्त परिमाणको चरेस बरामद भएको हो ।

तीन दिनअघि पाँच जना युवाले देवसरा र ऋतुलाई विजौरीमा रहेको सन्ध्या कटेजमा बोलाएर दुई तोला सुनका गहना लुटेर लगेका थिए ।

पक्राउ परेकाहरु विरुद्ध डाँकाचोरी तथा लागू औषध मुद्दामा कारबाही प्रकृया शुरु भएको प्रहरीले जनाएको छ ।

यसैवीच तुलसीपुर नगरपालिका–६ स्थित सपना होटलमा कृष्णसागर वली र सुरज वलीलाई खुकुरी र तरवार प्रहार गरी फरार रहेका मानपुर–४ का प्रकाश बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
देविका घर्ती मगर/घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>