थप समाचारबिहीबार, जेठ २९, २०७१
गर्मीले कञ्चनपुरमा दुईको मृत्यु
कञ्चनपुरको चाँदनी र भीमदत्त नगरपालिकामा चर्को गर्मीका कारण दुई जनाको मृत्यु भएको हो । चाँदनी–६ का जोटी कोली र भीमदत्त नगरपालिका–५ वनखेत खाद्य मिलमा काम गर्ने मजदुर डडेल्धुरका मानबहादुर टेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
काम गर्दागर्दै बेहोस भएर अस्पताल लैजाँदै गर्दा दुवै जनाको २८ जेठमा मृत्यु भएको हो । टेरको शव महाकाली अस्पतालमा राखिएको छ भने कोलीको शव उनका आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।
रासस
