थप समाचारबिहीबार, जेठ २९, २०७१
नौ वर्षीया बालिका बलात्कृत
सप्तरीको तिलाठी–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफन्तको विवाहमा गएर घर फर्कंदै गरेकी बालिकालाई २६ जेठ बिहान ५ बजे एक्लैदेखेपछि डरधाक देखाई नजिकै आँपको बगैंचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा अनुसन्धान गरी ३० जेठमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पीडितको २७ जेठमा राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
घटनापछि फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताए ।
विगत ११ महिनाको अवधिमा सप्तरीमा भएका बलात्कारका घटनामध्ये २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
रासस
