थप समाचारबिहीबार, जेठ २९, २०७१

हराएका बालबालिका जोखिमपूर्ण काममा

हिमालखबर

बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको अध्ययनले घर छाडेर हराएका बालबालिका बढी जोखिमपूर्ण काममा संलग्न रहेको पाइएको देखाएको हो । घर छाडेर आएका बालबालिका होटल, उद्योग, गाडी लगायतका जोखिमपूर्णमा संलग्न हुने गरेको देखिएको केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाहीले जानकारी दिए ।

“घरको पारिवारिक अवस्था निकै कमजोर भएका कारण ठूला आकाङ्क्षा राखेर विभिन्न श्रममा संलग्न हुने गरेका छन्,” उनले बताए ।

केन्द्रले २०६३ देखि हराएका बालबालिकालाई खोजतलास गरी परिवारको जिम्मा लगाउने र परिवार फेला नपरेकालाई बालसंरक्षण गृहमा संरक्षण गर्दै आएको छ ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकाको श्रम न्यूनीकरण गरी काठमाडौँ उपत्यकालाई चाँडै बालश्रममुक्त क्षेत्र घोषणा गर्नका लागि स्थानीय निकायसँग सहकार्य सुरु गरिएको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>