समाचारमंगलबार, भाद्र २६, २०६९
सरकार सहमतिको वातावरण बनाउँदैः प्रधानमन्त्री
प्रतिपक्षी दलहरुले कामचलाउ भईसकेका प्रधानमन्त्रीको बर्हिगमनलाई पहिलो शर्त बनाईरहेका बेला भट्टराईले सरकारले नै सहमतिको वातावरण बनाउँदै गरेको बताएका हुन । राजधानीमा २६ भदौमा नेपाल घरेलु तथा साना उद्योग महासंघको महाअधिवेसन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टर्राईले दलहरुले सहमति गरेर ताजा जनादेश वा संसद् पुनर्स्थापना गरेमात्र समस्या समाधान हुने बताए ।
कार्यक्रममा प्रधानमन्त्री भट्टराईले साना तथा घरेलु उद्योगको संभावना रहेकाले सरकारले १५ प्रतिशत महंगो भएपनि सरकारी काममा घरेलु सामानको प्रयोग गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।
दुई दिनेसम्मेलनमा ७५ जिल्लाका उद्यमीहरु सहभागी छन् ।
