समाचारबिहीबार, जेठ २९, २०७१
पेट्रोल चोरी गरिरहेका ४ ट्यांकर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली र बांके जिल्ला प्रहरीको संयुक्त टोलीले बांकेको खास कारकाँधो गाविसबाट ना ५ प ७७० नम्बरको र मनिकापुर गाविस, राँझा विमानस्थल नजिकबाट ना ४ ख ५२०४, ना ५ ख ६५८ र ना ४ ख ५६०४ नम्बरको ट्यांकरबाट पेट्रोल चोरी गरिरहेका अवस्थामा चालक लगायत अन्यलाई पक्राउ गरेको छ ।
२९ जेठ साँझ तेल निकालिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् ।
भारतबाट आयात गरिएको पेट्रोल नेपाल आयल निगमको स्थानीय डिपोमा पु¥याउनु अघि पेट्रोल चोरी गर्न लागिएको हो ।
तुफान न्यौपाने, नेपालगञ्ज

