समाचारमंगलबार, भाद्र २६, २०६९

गरीब घरपरिवार परिचयपत्र वितरण १ असोजदेखि

हिमालखबर

सिंहदरबारमा गरीब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले २६ भदौमा पत्रकार सम्मेलन गरेर गरीब घरपरिवारलाई दिने परिचयपत्र वितरण अभियान १ असोज देखि सुरु गर्ने जनाएको हो । पहिलो दिन २५ जिल्लामा जिल्ला समन्वय समिति गठन हुनेछ । १ असोजदेखि अभियान सुरु भएपनि गरीब घरपरिवारले भने ४ महिनामा मात्रै परिचयपत्र पाउनेछन् ।

जिल्ला समन्वय समिति र सचिवालय गठन, गरीब घरपरिवारको पहिचान र वर्गिकरण, कर्मचारी नियुक्ती र तालिम, तथ्यांक संकलन र प्रशोधन, गुनासो सुनवाई लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ४ महिनामा मात्रै परिचयपत्र गरीब घरपरिवारको हातमा पुग्ने बोर्डका अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।

बोर्डले पहिलो चरणमा अछाम, बझाङ्ग, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिरहा, खोटाङ र भोजपूर जिल्लामा परिचयपत्र वितरण गर्नेछ ।

वितरणमुखी कार्यक्रम संचालन गर्ने उद्देश्यले सरकारले बजेटमै कार्यक्रम समावेश गरेर गरीब घरपरिवारलाई परिचयपत्र दिन लागेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले परिचयपत्रको आधारमा आगामी दिनमा सरकारी रणनीतिहरु समेत तय गरिने जानकारी दिए । गरीब घरपरिवारलाई परिचयपत्रकै आधारमा राहत लगायतका सुविधा दिने सरकारी तयारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>