समाचारबुधबार, भाद्र २७, २०६९

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधन

हिमालखबर

रामराजप्रसाद सिँह । फाइल तस्बीरः सन्त/हिमालखबर

त्रिवि शिक्षण अस्पतालमा उपचारत सिंहको २७ भदौ बिहान निधन भएको हो । उनी मृगौला र फोक्सो रोगले ग्रस्त थिए ।

१७  भदौमा अस्पताल भर्ना गरिएका सिंहलाई २६ भदौमा सघन उपचार कक्ष आइसियुमा लगिएको थियो ।

नवजनवादी मोर्चाको अध्यक्ष समेत रहेका सिंह पुराना गणतन्त्रवादी नेता हुन् । सन् १९३६ मा सप्तरीमा जन्मेका सिंह एमाओवादीको तर्फबाट गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति पदका प्रत्यासी बनेका थिए ।

राजतन्त्रको विरोधमा २०४२ सालमा बम पड्काएको भन्दै उनलाई पंचायती शासकहरुले मृत्युदण्डको सजाय सुनाएको थियो । बहुदलीय प्रजतान्त्रको आगमनसँगै सरकारले उनको यो सजाय फिर्ता लिएको थियो ।

सप्तरीको जमीनदार परिवारमा जन्मेका सिंहले दिल्ली विश्वविद्यालयमा कानुन पढ्ने बेलामा विश्वप्रसिद्ध नेता चे ग्वेभरालाई भेटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>