समाचारबिहीबार, जेठ २९, २०७१

ओलीलाई जसरी पनि अध्यक्ष बनाइन्छः गौतम

हिमालखबर

नेकपा एमाले राप्ती अञ्चल कमिटीले २९ जेठमा आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दे उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीको आगामी महाधिवेशनवाट नेता केपी शर्मा वली सर्वसम्मतिले अध्यक्षनमा चयन हुने दाबी गरेका छन् ।

उपाध्यक्ष गौतमले अध्यक्ष सर्वसम्मतीमै चयन गर्नका लागि प्रयास गरिने तर त्यसो हुन नसकेमा निर्वाचनबाटै भए पनि केपी ओली अध्यक्षमा चयन भैछाड्ने बताए ।

ओलीलाई निशर्त अध्यक्ष बनाउनका लागि आफू लागि परेको भन्दै ओलीले थपे, “स्वास्थ्यकै कारण केपी वलीलाई पार्टीको अध्यक्ष हुनबाट रोक्नु लज्जास्पद र न्यायसँगत हुँदैन, न्यायका लागि पनि मेरो सर्मथन ओलीलाई हो ।”

एमालेको नवौ महाधिवेशनलाई लक्षित गरी ओली पक्षले आयोजना गरेको भेलालाई सम्बोधन गर्न गौतम दाङ आएका हुन् ।

उक्त भेलालाई सचिव शंकर पोख्रेल, केन्द्रीय सदस्यहरु रविन्द्र अधिकारी, भानुभक्त ढकाल, गोकुल घर्ती, राजन भट्टराई, भागवत विश्वासी, विदेश विभाग सचिव केशव पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>