थप समाचारशुक्रबार, जेठ ३०, २०७१
सवारी दुर्घटनामा बालक र महिलाको मृत्यु
सडक छेउ हिडिरहेका नवलपरासी सालघारीका १३ वर्षीय बालक साजन बिकलाई लु १ त १२६९ नम्बरको ट्रेक्टरले ठक्कर दिएपछि घाइते भएका बालकको उपचारका क्रममा ज्यान गएको छ ।
उपचारका क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु
मिनीट्रकको ठक्करबाट घाइते भएकी सिरुटार–५ की महिलाको उपचारका क्रममा मृत्युभएको छ ।
भक्तपुरको बालकोटस्थित माइक्रोबस पार्कमा २९ जेठ राति बा२ख ४४२२ नम्बरको मिनीट्रकले पैदल हिँडिरहेकी ७२ वर्षीया गीता कार्कीलाई ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते कार्कीको बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचारका क्रममा राति १०ः१५ बजे मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने मिनीट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
