समाचारशुक्रबार, जेठ ३०, २०७१
एसएलसी रिजल्ट प्रकाशित (नतिजा हेर्नुहोस)
परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरका अनुसार २०७० सालको एसएलसीको नतिजा प्रकाशित भएको छ । परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् ।
गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना छन्।
एसएलसीको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस
पास हुनेहरुमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम श्रेणीमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ जना उत्तीर्ण भएका छन् ।
एक्जाम्टेडतर्फ १०.९२ प्रतिशत पास भएका छन् ।
