समाचारशुक्रबार, जेठ ३०, २०७१

अघिल्लो संविधानसभा विघटन हुनुमा एमाओवादी पनि दोषीः दाहाल

हिमालखबर

चितवन क्षेत्र नम्बर–४ को चुनावी अभियानको क्रममा ३० जेठमा आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभाले संविधान दिन नसक्नुको दोषबाट माओवादी पनि मुक्त रहन नसक्ने बताएका छन् ।

दाहालले अहिले नेपाली काग्रेस, नेकपा एमाले तथा अन्य दल र सरकारसमेत आफ्नो एजेण्डामा आएको दाबी गर्दै आगामी ८ माघभित्र संविधान जारी हुने विश्वास व्यक्त गरे ।

यद्दपी उनले दोस्रो संविधानसभा पनि असफल भए देश सङ्कटमा फस्ने बताएका थिए ।

अध्यक्ष दाहालले पहिचानको आधारमा पाँच राज्य र सामथ्र्यको आधारमा चार राज्य बनाएर सङ्घीयतामा जानुपर्ने धारणा व्यक्त गरे ।

संविधान बनेसँगै राज्यको पुनःसंरचनाबाट जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य हुने उनको भनाइ थियो ।


रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>