थप समाचारशनिबार, जेठ ३१, २०७१

सभासदको क्यान्टिनमा ब्याक्टेरियायुक्त खाना

हिमालखबर

चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप संविधानसभा भवनमा सञ्चालित चमेनागृहसँगको सम्झौता २९ जेठदेखि भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाइएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संविधानसभा सचिवालयमा सञ्चालिच चमेनागृहमा उपलब्ध खाद्द पदार्थको गुणस्तर परीक्षण गर्दा स्टाफाइलोककस नामक ब्याक्टेरिया पाइएको छ।

यो ब्याक्टेरियाले श्वासप्रश्वासमा समस्या, छालाको एलर्जी र ‘फूड प्वाइजनिङ’ गराउनुका साथै अन्य रोगका लागि पनि सहयोगी हुने चिकित्सकहरु बताउँछन् ।

सचिवालयले पटकपटक सोधेको स्पष्टीकरण र सुधारका लागि दिएको निर्देशनअनुरुप गुणस्तर र सरसफाइको सुधार गर्नुको सट्टा गुणस्तर र सरसफाइको अवस्था अझ नाजुक देखिएकाले उपसमितिको निर्देशनमा संस्थालाई चमेनागृह सञ्चालनमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा चमेनागृहबाट उपलब्ध गराइएको खाना/खाजालगायतका विविध परिकारका बारेमा सरसफाइलगायत सामानको गुणस्तरका बारेमा सरोकारवालाको असन्तुष्टिसहित व्यापक गुनासो लगातार प्राप्त हुने गरेको उल्लेख छ ।

केही समयअघि खाद्य तथा गुण नियन्त्रण विभागबाट चमेनागृहमा उपलब्ध खाद्य सामग्रीको नमुना परीक्षण गराउँदा स्टाफाइलाकोकस भेटिएको पनि सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>