समाचारआइतबार, आषाढ १, २०७१
करेन्ट लागेर सर्भेयरकोे मृत्यु, इञ्जिनियर घाइते
१ असारमा गुल्मीको जैशिथोक– ६ नयाँघर भन्ने स्थानमा सडक निर्माणका लागि सर्भेक्षण गरिरहेका सर्भेयर जैशिथोक–९ रौताडीका १८ वर्षीय मनोज पोख्रेलले समातेको डण्डी हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको छ । उनीसँगै रहेका सर्लाहीका २४ वर्षीय इञ्जिनियर मनिष पोख्रेल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनीहरु दुबैलाई करेन्टको झड्का लागेपछि नजिकैको भीरमा खस्न पुगेका थिए ।
इञ्जिनियर मनिष पोख्रेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।
उनीहरु दुबै रुरु रेसुङ्गा कन्सलटेन्सी मार्फत मोटरबाटो निर्माणका लागि सर्भे गरीरहेका थिए ।
गगनशिला खड्का, गुल्मी
