थप समाचारआइतबार, आषाढ १, २०७१
चाँदीका गहनासहित एक भारतीय पक्राउ
प्रहरीले वीरगञ्जस्थित गण्डक चेकपोष्टबाट ३१ जेठ राति चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको हो । चाँदीका गहना रात्रिबसमा काठमाडौं लैजाँदै गरेको विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण घोडासहनका ६० वर्षीय जहुर मिया छन् । उनको साथबाट रु.१ लाख ५२ हजार मूल्य बराबरको चाँदीका सिन्दुरदानी, घुंगरु तथा बिछिया लगायतका गहना भेटिएको छ ।
उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
