थप समाचारआइतबार, आषाढ १, २०७१

सिरहाका दुई जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

सरकारी अनुदान रकम अनियमितता गरेको अभियोगमा अख्तियारले सिरहाका जिशिअ दिलिपकुमार ठाकुर र तत्कालीन जिशिअ खडानन्द पराजुलीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले १ असारमा दुई जिशिअसहित जिल्ला शिक्षा कार्यालय सिरहाका कार्यक्रम अधिकृत शम्भुप्रसाद भट्टराई, स्रोत व्यक्ति श्यामकुमार यादव, सिरहा तेनुवापट्टीस्थित शंकर प्राविका प्रधानाध्यापक मुकेशकुमार यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरादेवी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले हुँदै नभएको विद्यालयको नाममा सरकारी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार शंकर प्राविको नाममा ‘झोले विद्यालय’ खडा गरेका उनीहरुले २३ असोज २०७० सम्म पाठ्यपुस्तक, ननसेलरी, छात्रवृत्ति वितरण, विद्यालय सुधार, मसलन्द लगायतका शिर्षकमा रकम दुरुपयोग गरेका छन् ।

उनीहरुबाट रु.१७ लाख ६७ हजार ९५४ बिगो रकम भराउने दावीसहित अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>