थप समाचारआइतबार, आषाढ १, २०७१
ओलीले पार्टी हाक्न सक्दैनन्ः नेता नेपाल
एमाले वरिष्ठ नेता नेपालले अहिलेको अवस्थामा ओलीले पार्टी हाक्न नसक्ने बताएका हुन् । प्रेस चौतारी नेपालले १ असारमा सिरहा गोलबजारमा गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको अवस्थामा ओलीबाट पार्टी चल्ने भएको भए अध्यक्ष बनिहाल्नुहुन्थ्यो नि, किन चुनावमा जानुपर्थ्यो ?”
उनले पार्टी नेतृत्वमा युवा पुस्ताको आवश्यकता रहेकाले २०३६ सालपछिका पुस्तालाई नेतृत्वमा ल्याउनु नै बुद्धिमानी हुने बताए । “अहिलेको अवस्थामा पार्टीलाई यथास्थितिवादी बनाउने कि क्रान्तिकारी बनाउने, पार्टीलाई परिवर्तनकारी बनाउने कि जस्तातस्तै राख्ने भन्ने बहस पार्टीभित्र चलिरहेको छ, पार्टीलाई क्रान्तिकारी र परिवर्तनकारी बनाउन चाहने युवा मेरा पक्षमा छन्,” उनले दावी गरे ।
पुरानो पुस्ताले अब बिदा लिनुपर्छ भन्दै उनले ओलीलाई सम्मानस्वरुप प्रधानमन्त्री वा राष्ट्रपतिका लागि विचार गर्न सकिने बताए ।
रासस
