समाचारबुधबार, भाद्र २७, २०६९
नयाँ संविधान जननिर्वाचित संस्थाबाटः बडु
कार्यक्रममा बडुले भने, “संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक सङ्कट उत्पन्न भएको र यसको निकास गर्नु अहिलेको मुख्य चुनौती छ ।” दलहरुबीच अहिले सहमति भन्दा पनि अविश्वासको वातावरण मात्रै सिर्जना भएको भन्दै नयाँ सहमति हुनुपर्नेमा उनको जोड थियो । उनले भने “नयाँ सहमतिका लागी नयाँ सरकार चाहिन्छ ।”
वडुले संविधानको घोषणा जननिर्वाचित संस्थाबाट हुनु पर्नेमा जोड दिए । पुनःस्थापना वा नयाँ निर्वाचनबाट आएको जननिर्वाचित संस्थाबाटै संविधान घोषणा हुनु पर्ने उनको भनाई थियो । रासस
