समाचारसोमबार, आषाढ २, २०७१
एमालेमा निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता
एमालेको नयाँ विधानमा पार्टीका निवर्तमान अध्यक्षलाई स्वतः वरिष्ठ नेताका रुपमा प्रस्ताव गरिएको हो । संशोधनका लागि प्रस्ताव गरिएको विधानमा निवर्तमान अध्यक्षलाई स्वतः वरिष्ठ नेतामा किटान गरिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।
छ ।
एमालेमा हाल विधानतः वरिष्ठ नेता नभए पनि पूर्वमहासचिव माधवकुमार नेपाललाई केन्द्रीय कमिटीको निर्णयका आधारमा दोस्रो वरियता (वरिष्ठ नेता)मा राखिएको छ । महाधिवेशनले नयाँ अध्यक्ष चयन गरेमा वर्तमान अध्यक्ष झलनाथ खनाल अब स्वतः वरिष्ठ नेता हुने छन् ।
विधानमा केन्द्रीय कमिटीको सङ्ख्या पनि बढाएर १४९ बनाइएको छ । त्यस्तै, पदाधिकारीको सङ्ख्या पनि वृद्धि गरी १५ बनाउने प्रस्ताव गरिएको छ ।
रासस
