थप समाचारसोमबार, आषाढ २, २०७१
वैद्यलाई सहमतिमा ल्याउँछौंः पौडेल
कांग्रेस उपसभापति पौडेलले नेकपा–माओवादीलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्ने बताएका हुन् । भरतपुरको आनन्दपुर चोकमा २ असारमा आयोजित चुनावी सभालाई संबोधन गर्दै उनले सबै जनताको साझा संविधान बनाउन वैद्य माओवादीलाई पनि सहमतिमा ल्याइने बताए ।
उनले ८ माघमा संविधान जारी भएरै छाड्ने दावी गरे । “संविधानसभाभित्र विवादित विषयहरुमा सहमति बन्दै गएका छन्,” उनले भने, “८ माघमा संविधान जारी हुन्छ ।”
उनले कम्युनिस्टले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप पनि लगाए ।
रासस
