समाचारबुधबार, भाद्र २७, २०६९

‘कांग्रेस नयाँ निर्वाचनको पक्षमा’

हिमालखबर

धौलागिरी अञ्चलका विभिन्न जिल्लामा कार्यक्रम सकेर फर्केका कोइरालाले २७ भदौमा पोखरामा बोल्दै नयाँ निर्वाचनबाट मात्र मुलुकको निकास पाउने बताएका हुन । सञ्चारकर्मी माझ कोइरालाले भने, “संविधानसभा पुनःर्स्थापना गर्न सहमति र संवैधानिक जटिलता छ, त्यसैले कांग्रेस नयाँ निर्वाचनको पक्षमा छ ।”

सभापति कोइरालाले एमाओवादीले संविधानसभाबाट फेरी सत्ता कब्जा गर्ने नियत राखेको दावी गरे । उनले एमाओवादी सरकारमा बसेकै अवस्थामा पुनःर्स्थापनाको विषयमा छलफल गर्न नसकिने बताए । कोइरालाले भने, “माओवादी आफै विघटन गरेर फेरी त्यही सरकारमा बसेर पुनःर्स्थापना हुन सक्दैन ।”
पुनःर्स्थापनाबारे अदालतको राय के हुन्छ ?, राष्ट्रपतिको भूमिका के हुन्छ ? भन्ने जस्ता प्रश्न अनुत्तरित रहेकाले नयाँ निर्वाचन नै विकल्प भएको उनको भनाई थियो । सरकार तानाशाही भएको भन्दै सभापति कोइरालाले कांग्रेसले संवैधानिक लर्डाईं, शान्तिपूर्ण विरोध र आन्दोलनका कार्यक्रम गर्ने बताए ।

वार्ता र सहमतिको प्रयास जारी रहेपनि आन्दोलन नरोकिने सभापति कोइरालाले उल्लेख गरे । प्रजातन्त्रसँग निहुँ खोज्ने जोकोही पतन हुने उनको भनाई थियो ।

छवि मगर, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>