समाचारसोमबार, आषाढ २, २०७१
प्रधानमन्त्री अमेरिका प्रस्थान
प्रधानमन्त्री कोइराला स्वास्थोपचारका लागि २ असार साँझ अमेरिका प्रस्थान गरेका हुन् । अमेरिका प्रस्थान गर्नुअघि उनले चिकित्सकहरुले सुविधानसम्पन्न अस्पतालमा जान सुझाव दिएकाले आफू अमेरिका जान लागेको स्पष्टिकरण दिएका छन् ।
उनको अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरमा उपचार हुनेछ । उनले आफ्नो सन्देशमा भनेका छन्, “अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सक सहितको सुविधासम्पन्न अस्पतालमा परीक्षण हुने भएकोले मेरो उपचारप्रति निश्चिन्त रहन आग्रह गर्दछु ।”
उनले आफू स्वस्थ भएर छिट्टै स्वदेश फर्किने पनि विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाको रोग के हो ?

