समाचारबुधबार, भाद्र २७, २०६९

एमाओवादी मजदुर विवादः भट्टराई पक्षधरले राष्ट्रिय भेला बहिष्कार गर्ने

हिमालखबर

विवाद बढ्दै गएपछि माओवादी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर पक्षले राष्ट्रिय भेला बहिष्कारको घोषणा गरेको छ । काठमाडौंमा २७ भदौमा पत्रकार सम्मेलन गरेर भट्टराई पक्षीय मजदुरले ३० भदौमा पोखरामा हुने राष्ट्रिय भेला बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले राष्ट्रिय भेला एकलौटी रुपमा गर्न खोजेको आरोप लगाउँदै उनीहरुले बहिष्कारको घोषणा गरेको बताएका छन् । अखिल नेपाल होटेल तथा रेष्टुराँ मजदुर संघको चौंथो महाधिवेशन आयोजक समितिको संयोजक चयनदेखि नै दुईपक्षबीच विवाद थियो । प्रचण्ड पक्षका मजदुर नेता शालिकराम जमरकट्टेलले संयोजक प्रकाश श्रेष्ठलाई तोकेपछि भट्टराई पक्षीय मजदुर नेता त्यस्को विपक्षमा उत्रिएका थिए ।

भट्टराई पक्षका मजदुर नेता राजु भेटवालले संयोजक श्रेष्ठ मजदुर नभई रेष्टुरेन्ट मालिक भएको बताए । प्रचण्ड पक्षले मनलाग्दी प्रतिनीधि छनौट गरेको, सम्मेलन आयोजक समिति १३१ सदस्य पु¥याएको लगायतको आरोप भट्टराई पक्षले लगाएका छन् । तर संयोजक प्रकाश श्रेष्ठले भने एकदुई जनाको झुण्डले बाहिष्कार गर्दैमा राष्ट्रिय भेला नरोकिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>