समाचारमंगलबार, आषाढ ३, २०७१

संविधानसभा: तीन उपसमितिका संयोजक चयन

हिमालखबर

संविधान मस्यौदा समितिको ३ असारमा बसेको बैठकले नयाँ संविधानमा रहने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासम्बन्धी व्यवस्थाका लागि मस्यौदा तयार गर्न विषयगत रुपमा प्रस्ताव गरिएका तीन वटा उपसमितिका संयोजकको चयन गरेको छ ।

मस्यौदा समिति अन्तर्गत व्यवस्थापिका उपसमितिको संयोजकमा भरतमोहन अधिकारी, कार्यपालिका उपसमितिमा हितराज पाण्डे र न्यायपालिकासम्बन्धी उपसमितिमा रमेश लेखक चयन भएका छन् ।

विषयगत रुपमा नयाँ संविधानको मस्यौदा समितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने ढङ्गबाट उपसमितिले मस्यौदा तयार गर्नेछ ।

नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमति कायम भएका विषयमा उपसमितिको सहयोगमा मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्नेछ । यसरी समितिले तयार गरेको मस्यौदा संविधानसभाको पूर्ण बैठकमा छलफल भई पारित भएपछि राय सुझाव लिन जनतासमक्ष पु¥याइने छ ।

समितिलाई पनि निरन्तर काम दिन सहमति भएका विषयको आंशिक प्रतिवेदनसमेत दिन सक्ने व्यवस्था मिलाइएको छ ।

दलहरुबीच खासगरी संवैधानिक अदालतको व्यवस्था गर्ने वा नगर्ने, न्यायाधीशको नियुक्ति, सरुवा र बढुवाका लागि कस्तो आधार बनाउने, त्यसका लागि बेग्लै निकायको परिकल्पना गर्ने वा के गर्ने, न्यायाधीशको पुनः नियुक्ति हुने वा नहुने, मुलुक सङ्घीयतामा जान लागेकाले अदालतका प्रारुप कस्तो बनाउने भन्नेबारेमा अझै थप छलफल र बहसको आवश्यकता देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>