समाचारमंगलबार, आषाढ ३, २०७१

मन्त्रीले शिलान्यास गरे लगत्तै रेलमार्गको निर्माण रोकियो

हिमालखबर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले १ असारमा मेची–महाकाली विद्युतीय रेलमार्गकोे सिमरा–बर्दिवासखण्डको शिलान्यास गरेको भोलीपल्टै सर्लाहीका रानीगञ्जवासीले मुआब्जाको माग गर्दै निर्माण कार्य रोकेका छन् ।

उनीहरुले रानीगन्ज–८ मा रेलमार्गको कल्भर्ट निर्माणमा अवरोध पुर्‍याएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका रुपमा मेची–महाकाली विद्युतीय रेलमार्गको योजनालाई अघि बढाएको छ ।

पूर्वको मेचीदेखि पश्चिमको महाकाली गड्डा चौकीसम्म ९४५ किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माण गर्ने सरकारको नीतिअनुरुप पहिलो चरणमा सिमरादेखि बर्दिवाससम्म १०८ किलोमिटरको काम शुरु भएको र यसका लागि सरकारले चालु आर्थिक वर्षमा रु ६० करोड विनियोजन गरेको छ ।

सरकारले चलनचल्तीभन्दा कम मूल्य राखेर मुआब्जा वितरण गरेको रानीगन्जवासी गुनासो छ ।

सरकारले जग्गाको मुआब्जा चलनचल्तीको भाउमा दिनुपर्ने आफूहरूको माग रहेको सङ्घर्ष समितिका अध्यक्ष गोविन्द महतले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>