समाचारबिहीबार, भाद्र २८, २०६९
अहिलेसम्मकै अत्याधिक वर्षा !
महाशाखाले २८ भदौमा १६६ मिलिलिटर वर्षभएको अभिलेख दर्ता गरेको छ । नेपालमा वर्षाको अभिलेख सुरु भएदेखि सो अहिलेसम्मकै उच्च वर्षादर भएको बताइएको छ । पछिल्ला दिनमा देशभर मनसुन सक्रिय रहने क्रम जारी रहेको र यो अझै दुईसातासम्म कायम रही बिस्तारै कमजोर बन्दै जाने मौसमविद् राजेन्द्र श्रेष्ठले बताए ।
सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहने गर्छ तर कहिलेकाहीँ यो एक दुईदिन तलमाथि पनि हुन सक्छ । मनसुन नेपालमा भारतको केराला, आसाम हुँदै मेचीबाट प्रवेश गरेर महाकालीसम्म सक्रिय भई करिब ११० दिनसम्म देशभरका विभिन्न स्थानमा वर्षा चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिए ।
मनसुन कमजोर भएपछि पश्चिमबाट पूर्वतर्फलाग्ने गर्छ । जुन महिनामा ६०, जुलाईमा ८७ र अगस्तमा ९० प्रतिशत वर्षा भएको अभिलेख सो महाशाखाले दर्ता गरेको छ । महाशाखाका अनुसार करिब तीन महिनाको यो समयमा देशभर एक हजार ४०० मिलिलिटर वर्षा हुनु सामान्य मानिन्छ । चालु वर्षा सामान्य वर्षाभन्दा कम हुने अनुमान गरिएको छ । रासस
