समाचारबिहीबार, भाद्र २८, २०६९
असारे प्रवृत्ति रोक्न सकिनः मन्त्री त्रिपाठी
सिंहदरबारस्थित मन्त्रालयमा २८ भदौमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारी काम गर्ने शैलीमा परिवर्तन नभएसम्म असारे प्रवृत्ति रोक्न नसकिने बताएका हुन । आफूले असारे विकासको काम रोक्न प्रयास भने गरेको बताएका त्रिपाठीले आफ्नो एक वर्षको कार्यकाल भने सोचेअनुसार सफल भएको दावी बताए ।
मन्त्री त्रिपाठीले सरकारले सिफारिस गरेका अध्यादेश राष्ट्रपतिबाट स्विकृत नभए विकास निर्माण ठप्प हुने बताए । अध्यादेश जारी नभए मुलुकमा चाँडै नै आर्थिक संकट आउने उनको भनाई थियो ।
