समाचारबुधबार, आषाढ ४, २०७१

सुस्ता मिचिएकोबारे संसदमा ध्यानाकर्षण

हिमालखबर

संसदमा बोल्दै नेपाली कांग्रेसका सभासद देवकरण कलवारले सुस्ता क्षेत्रमा भारतीयले कब्जा गरेर नेपाली नागरिकलाई लखेटेको विषयमा सरकारको ध्यानकार्षण गरेका हुन् । ४ असारमा बसेको बैठकमा उनले सुस्ता क्षेत्रमा कब्जा र नेपाली नागरिकमाथि अत्याचार भएको भन्दै त्यसतर्फ कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

एमाओवादी सभासद जनार्दन शर्माले सीमा मिचिएको, जग्गा जोत्न नपाएको लगायत विषयका समस्या सदनमा राख्दा पनि सरकारबाट त्यसको जवाफ नआएको भन्दै आपत्ति जनाए । उनले सुस्तामा किसानले आफ्नो जमिन उपभोग गर्न नपाएको कुरा सत्य हो÷होइन भन्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

नेकपा एमालेका सभासद केशव बडालले राष्ट्र निर्माणमा ठूलो योगदान दिएका वृद्धवृद्धाको माग टुङ्गोमा नपुग्दै कतिपयको देहवसान भइसकेकोले यस विषयमा सरकारले गरेका काम कारबाहीबारे जानकारी दिन र वृद्धवृद्धाको सम्मान गर्ने वातावरण बनाउन माग गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>