थप समाचारबिहीबार, आषाढ ५, २०७१
दुई/तीन दिनमै मनसुन शुरु हुने
देशमा मनसुन भित्रिन लागेको सङ्केत देखापरेकाले महाशाखाले चाँडै मनसुन शुरु भएको घोषणा गर्ने वरिष्ठ मौसमविद् शिव नेपालले जानकारी दिएका छन् । नेपालका अनुसार पश्चिमी वायुको प्रभाव देशभर क्रमिक रुपमा कमजोर हुँदै गएको छ ।
नेपालमा सामान्यतया १० जुनदेखि २३ सेप्टेम्बरसम्म मनुसन जारी रहने भए पनि यस वर्ष अहिलेसम्म मनशुन शुरु भएको छैन ।
अरब सागरबाट आउने हावाको प्रभाव बढेपछि बङ्गालको खाडी, बङ्गलादेश, भारतको उत्तर पूर्वी भाग हुँदै नेपालको पूर्वी भागबाट वायुले प्रवेश गर्ने र सो अवधिमा दक्षिण एशिया क्षेत्रमा मनसुनका गतिविधि बढेर देशको सम्पूर्ण भागमा वर्षा हुने गर्दछ ।
महाशाखाका अनुसार विगत ४÷५ वर्षदेखि मनसुन ढिला शुरु हुँदै आएकोे छ । केही दिनयता पहाडी भेगमा छिटफुट वर्षा हुँदै आएको छ । आज काठमाडौँ उपत्यकाको आकाशमा बदली भइरहेको छ ।
रासस
