समाचारबिहीबार, आषाढ ५, २०७१
एमालेमा वैचारिक मतभेद छैनः अध्यक्ष खनाल
संविधानसभा सदस्य उपनिर्वाचनको चुनावी सभालाई ५ असारमा चितवनमा सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले पार्टीले वैचारिक, संगठनात्मक र व्यवस्थापकीय तयारी गरिसकेको भन्दै वैचारिकरुपमा पार्टी एकतावद्ध भएको दाबी गरेका छन् । उनले भने, “महाधिवेशनको वैचारिक तयारी सकिएको छ, वैचारिक रुपमा हामी सबै एकताबद्ध छौं ।”
अध्यक्ष खनालले एमाले बहुमतका साथ सरकारमा जाने अवसर मिलेमा मुलुकका धेरै समस्या समाधान हुने भन्दै थपे, “एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकार नै अहिलेसम्मको सफल सरकार थियो ।”
उनले संविधानसभामा महिलाको उल्लेख्य प्रतिनिधित्व आवश्यक रहेको बताउँदै आफ्नो पार्टीकी युवा तथा महिला उम्मेदवार पार्वती रावललाई जिताउन आग्रह गरे ।
उप निर्वाचन हुन लागेको देशका चार वटै क्षेत्रमा एमालेले जित्ने समेत खनालको दाबी थियो ।
सविता श्रेष्ठ, चितवन
