समाचारबिहीबार, आषाढ ५, २०७१

व्यवसायीको आन्लोलन फिर्ता, पर्यटन बोर्ड खुल्यो

हिमालखबर

आन्दोलनरत पक्षको माग अनुरुप पर्यटन बोर्डको आर्थिक गतिविधिको छानविन तथा संरचनागत सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवसायीको प्रतिनिधित्व रहने गरी दुइ वटा छुटटछुटटै समिति गठन गरेपछि आन्दोलनरत संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसी) ले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

पर्यटन बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो ।

जेटिसिसीले ५ असारमा पत्रकार सम्मेलन गरी आफनो पाँच बुँदे माग पूरा भएको भन्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएको छ ।

जेटिसिसीले व्यवसायीको मागलाई सम्बोधन हुने गरी पर्यटन मन्त्रालयलाई अख्तियारले दिएको निर्देशन उत्साहप्रद भएको र बोर्डको संरचनागत सुधार तथा अनियमितताको छानविनका लागि उचित वातावरण तयार हुने विश्वास लिएको जनाएको छ ।

पर्यटन मन्त्रालयले बोर्डको छानविनका लागि सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा सात सदस्यीय र मन्त्रालयकै अर्का सहसचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा १५ सदस्यीय बोर्ड पुनःसंरचनासम्बन्धी सुझाव समिति गठन गरिसकेको छ ।

बोर्डको संरचनागत सुधार, बोर्ड भित्र भइरहेको अनियमितता तथा भ्रष्टाचारको छानविन, बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई पदमुक्त,पदयात्रा मजदुरको अनिवार्य मजदुर कल्याणकारी कोषको स्थापनालगायतका माग राखी पर्यटन व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>