खेलकुदबिहीबार, भाद्र २८, २०६९
क्रिकेट खेलाडीले जनही रु. तीन लाख पाउने
सिंहदरबारमा २८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । मलेसियामा सम्पन्न डिभिजन फोरमा सबै खेल जितेर नेपाली टीमले इतिहास रचेको थियो ।
यसैबीच सरकारले विद्यार्थीलाई वर्षा चार वटा ग्यास सिलिण्डरमा रु २५० र मटि्टतेलमा प्रतिलिटर रु १० छुट दिने निर्णय गरेको छ ।
