समाचारशुक्रबार, आषाढ ६, २०७१
प्यूठानमा पनि पहिरो, ३ को मृत्यु, २ वेपत्ता
प्यूठानको खुङमा पहिरोले तीनवटा घर बगाउँदा ३० वर्षीया देवा भण्डारी, २ वर्षीया आयसा गिरी, १० महिनाका आशिस गिरीको मृत्यु भएको छ भने ६० वर्षीय डुमबहादुर गिरी र २३ वर्षीय राजु कुँवर वेपत्ता भएकोे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् ।
उद्धारका लागि सदरमुकामबाट नेपाल प्रहरी र रेडक्रसको टोली उद्धारका लागि घटनास्थलतर्फ लागेको छ ।
विजयसिंह भारती, प्यूठान
