समाचारशुक्रबार, आषाढ ६, २०७१

प्रहरीबारे कमेन्ट लेख्ने रहमान २० दिनपछि रिहा

हिमालखबर

प्रहरीद्वारा काठमाडौं पुर्‍याइएका रहमानलाई जिल्ला अदालत काठमाडौंले रु पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । सप्तरी प्रहरीविरुद्ध फेसबुकमा ‘सामान्य’ टिप्पणी गरेका रहमानलाई सप्तरी प्रहरीले पक्राउ गरी १९ दिन हिरासतमा राखेर काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

रिहा भएपछि सप्तरीका संचारकर्मीहरुसँग फोनमा कुरा गर्दै रहमानले आफू रु ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए । न्यायाधीश पूर्णप्रसाद शर्माको इजलाशबाट रिहा भएका उनलाई आगामी १७ असारमा तारेख दिइएको छ ।

रहमानलाई प्रहरीले काठमाडौं जिल्ला अदालत लग्दा सरकारी वकीलहरु समेत पुगेका थिएनन् । न्यायाधीश शर्माले आगामी दिनमा यस्तो गल्ती नगर्नु भन्दै धरौटी लिएर तारेखमा रिहा गरेको उनले बताए ।

‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको पत्रिकामा प्रकाशितथ समाचार फेसबुकमा सार्वजनिक हुँदा गत १७ जेठमा रहमानले “के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’ छ । त्यो पनि ५० हजार” भन्ने प्रतिक्रिया लेखेका थिए ।

प्रहरीले प्रतिक्रिया लेख्ने रहमानलाई राजविराज–३ बाट १८ जेठ दिउँसो १ बजे पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले रहमानविरुद्ध १९ जेठमा विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा २ असारमा पेस गरेको थियो ।

विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतको भएको सप्तरी अदालतको आदेशअनुरुप उनलाई काठमाडौं पठाइएको थियो ।

यसैबीच कमेन्ट लेखेकै भरमा युवा व्यापारी रहमानलाई प्रहरीले २० दिनसम्म नियन्त्रणमा राखेको समाचार बाहिर आएपछि सप्तरीमा प्रहरीको आलोचना भएको छ ।

सर्वसाधारणले सामाजिक सञ्जालमा सप्तरी प्रहरीको उक्त कार्यको विरोध गरिरहेका छन् ।

श्रवणकुमार देव, राजविराज

फेसबुकमा कमेन्ट लेख्ने युवालाई काठमाडौं पुर्‍याइयो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>