समाचारशनिबार, आषाढ ७, २०७१
प्रमको स्वास्थ्य रिपोर्टः अहिलेसम्म सामान्य
अमेरिकाको न्युयोर्कस्थित क्यान्सर सेन्टरमा ५ असार विहानदेखि साँझ अबेरसम्म प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षण गरिएकोे र परीक्षणका क्रममा छाती र फोक्सोको पनि परीक्षण गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाका साथ रहेका निजी चिकित्सक डा. कविरनाथ योगीका अनुसार सबै परीक्षणले प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै किसिमका अस्वभाविक अवस्था देखाएको छैन ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार सम्पूर्ण परीक्षणको पूर्ण नतिजा आगामी साताको अन्त्यतिरमात्र आउने छ ।
प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा २ असारमा अमेरिका प्रस्थान गरेका थिए ।
रासस
