समाचारशनिबार, आषाढ ७, २०७१
एमाओवादी र माओवादीसहित पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता
एमाओवादीे केन्द्रीय कार्यालय पेरिसडाँडामा ७ असारमा बसेको एमाओवादी, नेकपा–माओवादी, नेकपा (माओवादी) क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा एकीकृतको संयुक्त बैठकले कार्यगत एकताको आधार तयार पार्नका लागि एक कार्यदल गठन गरेको छ ।
कार्यदललाई १६ असारमा बस्ने संयुक्त बैठकमा कार्यगत एकताको आधार, नीति, नेतृत्व, राजनीतिक तथा साङ्गठनिक योजना पेस गर्ने अख्तियारी दिइएको छ ।
कार्यदललाई कार्यगत एकतासँगै पार्टी एकताका लागि आधार तयार पार्ने जिम्मेवारीसमेत प्रदान गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए । उनका अनुसार १६ असारमा कार्यगत एकताको औपचारिक घोषणा गरिनेछ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, नेकपा (माओवादी)का अध्यक्ष मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, नेकपा एकीकृतका नेता परी थापालगायतका नेताहरुको सहभागिता थियो ।
रासस
