समाचारशनिबार, आषाढ ७, २०७१
भारतीय प्रम मोदी साउनभित्रै नेपाल आउने
काठमाडौंमा ७ असारमा आयोजित साक्षात्कारमा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको गृहकार्य नयाँदिल्लीले शुरु गरिसकेको जानकारी दिएका छन् । एकमहिनाभित्रै मोदी नेपाल आइपुग्ने बताए ।
“उहाँ भुटानभन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहनु हुन्थ्यो तर प्राविधिक कारणले हुन सकेन,” उनले भने, “साउन महिनाभित्रै पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्ने गरी मोदी नेपाल आउनुहुन्छ ।”
पशुपतिनाथको पुजाका लागि पनि साउन महिना पारेर मोदी नेपाल आउन लागेको उपाध्यायको भनाई थियो ।
पत्रकारको जिज्ञासाको जवाफ दिंदै उनले भारतीय जनता पार्टी सत्तामा आइसकेपछि पनि भारतको नेपाल हेर्ने दृष्टिमा केही परिवर्तन नहुने र भाजपा नेपालमा हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै त्यसबारे यहाँका जनताले निर्णय गर्नु उपयुक्त हुने बताएका थिए ।
