समाचारआइतबार, आषाढ ८, २०७१

एमाओवादी संविधानसभाबाट बाहिरिए एकता संभवः गजुरेल

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

नेकपा–माओवादी उपाध्यक्ष गजुरेलले संविधानसभाबाट जनमुखि संविधान बन्न नसक्ने दावी गर्दै एमाओवादी संविधानसभाबाट बाहिरिनुपर्ने बताएका हुन् । रिपोर्टर्स क्लबले ८ असारमा गरेको कार्यक्रममा उनले एमाओवादी संविधानसभाबाट बाहिरिए पार्टी एकता संभव भएको टिप्पणी गरे ।

उनले भने, “एमाओवादीलाई संविधानसभाबाट बाहिर ल्याउनकै लागि कार्यगत एकता गरेको हो ।” उनले एमाओवादी संविधानसभामा बस्नुको औचित्य नभएको पनि जिकिर गरे ।

उनले एमाओवादीसहित माओ विचारधारा बोकेका कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भएको बताउँदै अहिलेकै अवस्थामा पार्टी एकता संभव नभएको बताए । “हामीले अघि सारेका ६ बुँदे प्रस्तावलाई एमाओवादीले पूर्ण रुपमा आत्मसाथ नगरेसम्म पार्टी एकता संभव छैन,” उनले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>