समाचारआइतबार, आषाढ ८, २०७१

८० लाख बराबरको अफिमसहित ६ पक्राउ

हिमालखबर

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले रु.८० लाख मूल्य बराबरको अफिमसहित ६ जना पक्राउ गरेको हो । प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीका अनुसार भारत लैजान तयारी अवस्थामा राखिएको अफिमसहित ८ असार बिहान उनीहरुलाई पक्राउ गरिएको हो ।

तस्वीरः तुफान न्यौपाने

बाँके, बासुदेवपुर–१ बाट २० किलो अफिमसहित रुकुम साख–४ का देविलाल गिरी, जितेन्द्र गिरी, वीरबहादुर खड्का, मोतिलाल ओली र खड्कबहादुर खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले बासुदेवपुर–१ घर भई जिल्ला कृषि विकास कार्यालय रुकुममा जेटीए रहेका शम्भुनाथ योगीको घरबाट अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

योगीका घरमा कामदार रहेका फत्तेपुर–९ का लक्ष्मण चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । भारतीय व्यापारीले अफिममा अग्रिम लगानी गरेर उतै लैजान लागेको अफिम फेला पारेको प्रहरीको दावी छ ।

प्रहरीले अफिम खेती र कारोबारमा संग्लनको सूची पनि तयार गरेको छ । पक्राउ परेका सबै जनाले भारतीय अफिम व्यापारी मुसा खानलाई अफिम पुर्‍याउन रु. ४० हजार लिएर भरियाको काम गरेको प्रहरीको भनाइ छ ।

“रुकुमबाट सात दिनको पैदलयात्रा गर्दै पाँच जना नेपालगन्ज पुगेको पाइयो,” प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले भने, “४० हजारको लोभमा भरिया बन्दै भारतीय नाकासम्म छोड्न उनीहरू आएको बयानमा खुलेको छ ।”

तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>