समाचारशुक्रबार, भाद्र २९, २०६९
एमाले महासचिव पोखरेलका तीन विकल्प
महासचिव पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको सरकार गठनका लागि बाटो खोल्नुलाई पहिलो विकल्पको रुपमा प्रस्तुत गरेका छन् । उनले राष्ट्रपतिले कामचलाउ सरकारलाई हटाएर सहमतिका सरकारको लागि दलहरुलाई आव्हान गर्ने वा सरकारलाई सडकबाट हटाउनु पर्ने बताए ।
कार्यक्रममा पोखरेलले एमाओवादीले सम्झौता र सहमति पालना नगरेको दाबी गरे । संविधानसभा पुनर्स्थापनामा भन्दा पनि नयाँ जनादेशमा जानु उत्तम हुने उनको भनाई छ ।
देव पचभैया, पाल्पा
