थप समाचारसोमबार, आषाढ ९, २०७१
कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी
चितवनमा कांग्रेसका रामकृष्ण घिमिरे
८ असारमा सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा चितवन–४ बाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे २० हजार ३१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिलकुमारी रावलले १७ हजार २७२ मत प्राप्त गरेकी छन् । त्यसैगरी एमाओवादीका खुशीराम पाख्रिनले ७ हजार ८ ५५ मत पाए ।
४ मंसीरमा सम्पन्न निर्वाचनमा कांग्रेस सभापति सुशील कोइराला चितवन–४ र बाँके–३ बाट विजयी भएकोमा चितवन–४ छोडेपछि उक्त स्थानमा पुनः उपनिर्वाचन भएको हो ।
कैलालीमा कांग्रेसका पुष्करनाथ ओझा
उप–निर्वाचनमा कैलाली–६ बाट कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् ।
ओझाले १४ हजार ७८४ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९५९ मत पाएका छन् ।
४ मंसीरमा सम्पन्न निर्वाचनमा यसक्षेत्रबाट कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा १६ हजार ४८९ मत प्राप्त गरी विजयी भएका थिए भने पाठकले ८ हजार ५६३ मत पाएका थिए ।
उप–निर्वाचनमा कैलाली–६ बाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
बर्दियामा एमालेका श्याम ढकाल
बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका श्यामप्रसाद ढकाल १६ हजार ९९६ मत प्राप्त गरी बिजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सोदे बिष्टले ११ हजार ३३५ मत प्राप्त गरेका छन् ।
यसअघि मंसीरमा भएको संविधानसभा निर्वाचनमा बर्दिया १ बाट गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतम १८ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए।
उपनिर्वाचनमा बर्दिया १ बाट ११ दल र १ स्वतन्त्र गरी १२ जना चुनावी प्रतिस्पर्धामा थिए।
काठमाडौंमा कांग्रेस अगाडि
संविधान सभा उपनिर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुईँकेल ९ हजार ७७६ मत ल्याएर अगाडि छन्।
यस्तै एमालेका कृष्णगोपाल श्रेष्ठले ६ हजार ९४४ र एमाओवादीका लीलामणि पोखरेलले २ हजार ६२० राप्रपा नेपालका नवराज सिंखडाले १ हजार ८०१ मत ल्याएका छन्।
सविता श्रेष्ठ चितवनबाट, कपिल भट्ट कैलालीबाट, भावुक याेगी बर्दियाबाट


