समाचारसोमबार, आषाढ ९, २०७१
अल्जेरियाको शानदार जीत, बेल्जियम पनि अन्तिम १६ मा
अब हुने रुस र अल्जेरीयाको खेलमा जित्ने टोली अन्तिम १६ मा पुग्ने छ ।
हाफ टाइमसम्म ३–० ले अगाडि भएको अल्जिरियाले हाफ टाइमपछि थप एक गोल गर्यो भने दक्षिण कोरियाले दुई गोल गरेर गोल अन्तरलाई कम गरेको थियो ।
बेल्जियमले रुसलाई हरायो
खेल सकिनु भन्दा दुई मिनेट अगाडि बेल्जियमका सब्सिट्युट खेलाडी डिवोक ओरिगीले रुसविरुद्ध गोल गरेर १–० को जीत दिलाए । यो जीतसँगै बेल्जियम अन्तिम १६ मा उक्लिएको छ ।
खेलको पहिलो हाफ रोमाञ्चक हुन सकेन । दुवै टोलीले रक्षात्मक खेलिरहेका थिए भने गोलका लागि पाएका अवसरहरु सदुपयोग गर्न सकेका थिएन ।
खेलको ८८ औं मिनटमा डिवोक ओहिगीले इडन हेजर्डको क्रसमा डिवोक ओहिगीले गोल गरेर बेल्जियमलाई अर्को चरणमा उक्ल्याए ।
अब रुसलाई अर्को चरणमा पुग्न आफ्नो अन्तिम लिग म्याचमा अल्जेरियालाई हराउनु पर्ने छ ।

