समाचारशनिबार, भाद्र ३०, २०६९

प्रधानमन्त्री कर्णालीको दलित बस्तीमा जाँदै

हिमालखबर

प्रधानमन्त्री आज राति तातोपानी गाविस-१ राँका गाउँका मानसिंह सार्कीको घरमा बास बस्नेेछन् । श्री सार्की २०६२ जेठ ५ गते तत्कालीन राज्यपक्षले हत्या गरेकी नाबालिका सम्झना सार्कीका बाबु हुन् ।

प्रधानमन्त्रीसँगै मुख्य सचिव लीलामणि पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गङ्गानारायण श्रेष्ठ, भौतिक योजना मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य महेन्द्र सापकोटा, प्रेस काउन्सिल नेपालका सदस्य मनऋृषि धिताललगायत जुम्ला जान लागेका हुन ।

प्रधानमन्त्री भट्टराईले आज साँझ तातोपानी गाविस-१, राँका गाउँस्थित दलित बस्तीमा स्थानीय गणेश प्राविको प्राङ्गणमा उपस्थित भएका सयौँ जनतासँग राति अबेरसम्म अन्तरक्रिया गर्नुहुनेछ ।  पाण्डेका अनुसार आजै मध्याहृन जुम्ला सदरमुकामस्थित तालिचौरमा त्यहाँका स्थानीय जनतासँग अन्तरक्रिया गर्ने तथा कर्ण्ााली अञ्चल अस्पताल तथा जुम्ला बहुमुखी क्याम्पसका साथै  सरकारी कार्यालयहरुको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।

यसैगरी, प्रधानमन्त्रीले एनेकपा (माओवादी) कार्यकर्ताहरुलाई पनि सदरमुकाममा भेटघाट गर्ने कार्यक्रम रहेको, भोलि जुम्लाकै लाम्रा गाउँमा भएको जनताको स्याउ फारम तथा सेरीढुस्कामा रहेको फलफूल तरकारी बीउबिजन नर्सरीको स्थलगत भ्रमण गर्नेछन् ।
यसअघि, प्रधानमन्त्रीले जेठमा काठमाडौँ, असारमा भक्तपुर र साउनमा चितवनको दुर्गम चेपाङ बस्तीमा त्यहाँका जनतासँग प्रत्यक्ष भेटघाट गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>