समाचारसोमबार, आषाढ ९, २०७१

एमालेमा १०८३ प्रतिनिधि चयन, दुवै समूहद्वारा बहुमत रहेको दावी

रासस

एमालेको नवौं महाधिवेशनका लागि सेती अञ्चल र उपत्यकाबाहेक १४ अञ्चल समन्वय कमिटीअन्तर्गतका जिल्लाबाट प्रतिनिधि चयन पूरा भएको हो । हालसम्म मेची–५५, कोशी–१४७, सगरमाथा–५४, जनकपुर–२३, नारायणी–९७, वागमती–७४, गण्डकी–१२६, धौलागिरी–४७, लुम्बिनी–१९०, राप्ती–४३, भेरी–९१, कर्णाली–४४, महाकाली–६१ र सम्पर्क समन्वय विशेष कमिटी–३१ गरी १ हजार ८३ प्रतिनिधि चयन भएका छन् ।

अधिकांश जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । हालसम्मको विवरणमा आधारित भएर वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षले आफ्नो बहुमत आउने जिकिर गरेका छन् ।

संविधानसभा उपनिर्वाचन भएका केही अञ्चल र जिल्ला, केन्द्रीय विभाग, जनसङ्गठनबाहेकका क्षेत्रमा १० असारमा प्रतिनिधि चयन हुनेछ । निर्वाचन भइसकेका ताप्लेजुङ, पाँचथर, इलाम, उदयपुर, महोत्तरी तथा सम्पर्क कमिटीका केही स्थगित क्षेत्रको परिणाम आउन बाँकी छ ।

“प्रतिनिधि चयनमा पार्टी सदस्यले देखाउनुभएको उत्साह तथा समझदारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न मद्दत पुगेको हामीले महसुस गरेका छौं,” केन्द्रीय कार्यालय बल्खुमा ९ असारमा आयोजित मूल व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले भने । उनले भेन, “प्रतिनिधिले आपसी समझदारीमा सर्वसम्मतिमा आप्mना प्रतिनिधि चयन गरेका छन्, केही स्थानमा लोकतान्त्रिक विधिअनुरुप मतदान गरेर प्रतिनिधि निर्वाचित भएका छन् ।”

एमालेको नवौं महाधिवेशन १९ असारदेखि राजधानीमा शुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>