समाचारमंगलबार, आषाढ १०, २०७१
भन्सारका सुब्बालाई निलम्बन गर्न निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसालले अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाउने प्रयोजनले बहुविवाहसमेत गरेको देखिएकाले निलम्बनका लागि आयोगले निर्देशन दिएको छ ।
भुसाललाई पदमा नै राखी अनुसन्धान गर्दा आफूविरुद्धको प्रमाण नष्ट गर्नाका साथै थप अनुसन्धानमा समेत बाधा पुर्याउन सक्ने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम तत्काल निलम्बन गर्न निर्देशन दिइएको सापकोटाले जानकारी दिए ।
