थप समाचारमंगलबार, आषाढ १०, २०७१

सद्दामलाई फाँसी दिने न्यायाधीशको हत्या

हिमालखबर

इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइएसआइएस) का लडाकुले इराकका पूर्व तानाशाह सद्दाम हुसेनलाई मृत्यु दण्डको सजाय सुनाएका न्यायाधीशको हत्या गरेको सद्दामको नजिक रहेका इब्राहिम अल–दौरीले फेसबुकमार्फत दाबी गरेका छन् ।

जोर्डनका एक सांसदले पनि फेसबुकमा यस्तै दाबी गरेका छन् । यद्दपी इराकी सरकारले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

‘इन्टरनेशनल बिजनेस टाइम्स’ ले अल–दौरीको फेसबुकलाई उद्धृत गर्दै उनलाई फाँसीको सजाय सुनाउने न्यायाधीश रउफ अब्दुल रहमानको अपहरण भएको उल्लेख गरेको छ । ‘न्यूयार्क टाइम्स’ ले हालै आइएसआइएसको नाटकीय आक्रमणमा अल–दौरीको हात रहेको उल्लेख गरेको थियो ।

उनी सन् २००३ मा इराकी कमाण्ड काउन्सिलका उपाध्यक्ष थिए र २००७ मा इराकको प्रतिबन्धित बाट पार्टीका नेता थिए । बाथ सद्दाम हुसेनले स्थापना गरेका पार्टी हो ।

जोर्डनका सांसद खलील अतिहलाई उद्धृत गर्दैै ‘डेली मेल’, ‘न्यूयार्क पोष्ट’ र अन्य समाचार वेबसाईटले विद्रोहीहरुले २ असारमा न्यायाधीश रहमानलाई बन्धक बनाइएको र ४ असारमा हत्या गरेकोे उल्लेख गरेका छन् ।

अतिहका अनुसार रहमान बगदादबाट नर्तकीको भेष धारण गरेर भाग्न लागेकाबेला विद्रोहीहरुले उनलाई बन्धक बनाएका थिए ।

ुडेली मेलु ले सद्दामलाई फाँसीको सजाय सुनाएपछि रहमानले मार्च २००७ मा बेलायतसँग शरण मागेको पनि दाबी गरेको छ तर आधिकारिक रुपमा यस्को पुष्टि भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>