समाचारमंगलबार, आषाढ १०, २०७१

माइक्रोबस दुर्घटनामा चारको मृत्यु

हिमालखबर

रत्न राजमार्गअन्तर्गत सुर्खेतको छिन्चु–७ मा बोटचौरबाट सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा २ ख ६१९२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा दशरथपुर–२ की चार वर्षीया अनिता केसी, दशरथपुर–५ की ४० वर्षीया कमला खड्का, मेहेलकुना–७ का ३० वर्षीय दीपक केसी र खानखोला–१ का दुर्गा विक छन् ।

माइक्रोबसमा २० भन्दा बढी यात्रु हुनसक्ने ट्राफिकले बताएको छ ।

घाइतेमध्ये केहीको सुर्खेतको वीरेन्द्रनगरमै उपचार भएको र गम्भीर भएकालाई बाँकेको नेपालगञ्ज पठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>